अजोड इन्स्योरेन्स लिमिटेडले बिर्तामोडमा नयाँ शाखाकार्यालय सञ्चालनमा ल्याएको छ । माननिय श्री प्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले संयूक्त रुपमा बिर्तामोड शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
शाखा कार्यलय उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेश राज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।
सो अवसरमा अजोड इन्स्योरेन्स लि. का बिर्तामोड शाखा प्रमुख प्रशान्त कुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै यस कार्यक्रमका सभापति तथा संचालक समितिका अध्यक्ष डा. बिनोद प्रसाद बिष्टले उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरे ।