नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । दुई कम्पनीको १ करोड ९८ लाख २४ हजार २० कित्ता बोनस र हकप्रद शेयर सूचिकृत भएको हो ।
सुचिकृत हुने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक र सिनर्जी फाइनान्सको अर्थात अहिले (बेष्ट फाइनान्स) रहेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यस्तै सिनर्जी फाइनान्सको अर्थात अहिले बेष्ट फाइनान्सको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।