विक्रम सम्वत् २०७५ साल दोश्रो बजारमा शेयर कारोवार गर्ने शेयर लगानीकर्तालाई त्यति सुखद हुन सकेन । विक्रम सम्वत् २०७५ बैशाख २ गते नेप्से परिसूचक १२७७ दशमलव ५५ को विन्दुमा खुलेको थियो । वर्षको अन्तिम कारोवार दिन चैत्र २८ गते नेप्से परिसूचक ११८४ दशमलव ०२ को विन्दुमा बन्द भएको छ । यो वर्ष ९३ दशमलव ५३ अंकले नेप्से परिसूचक घटेको छ ।
हेरौ एक वर्षको ग्राफ
वर्ष २०७५ को सुरुवात निकै राम्रो रहेको थियो । बैशाख महिनामा १२७७ दशमलव ५५ को विन्दुमा खुलेको बजार बैशाख मसान्त सम्म १३३८ दशमलव १७ सम्म पुगेको थियो । बैशाख महिनामा नेप्से परिसूचक यो वर्षकै उच्च विन्दुमा पुगेको थियो । बैशाख ९ गते नेप्से परिसुचक १४३८ दशमलव ४९ को विन्दुमा बन्द भएको थियो ।
जेठ महिना लागे देखि दोश्रो बजार त्यति सकारात्मक हुन सकेन ।
हेरौ कुन महिना कतिमा खुलेको थियो बजार
फाल्गुन महिनामा दोश्रो बजार सबै भन्दा न्यून विन्दुमा पुगेको थियो । फाल्गुन १९ गते नेप्से परिसुचक ११०० दशमलव ५८ को विन्दुमा पुगेको थियो । त्यसपछि पनि बजार केही समालिएको छ ।
हेरौ यो वर्षको खुला, उच्च, न्यून र बन्द विन्दु