नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । चार कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सूचीकृत हुने कम्पनीहरुमा जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आइएमई बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र कन्काई विकास बैंक रहेका छन् ।
जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९८ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । भने कन्काई विकास बैंकको १ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।