Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीहरुले कति प्रतिशत पुँजी वृद्धि गर्न बाँकी ?

SPIL
NIC ASIA new
Sanima Reliance

१५ वटा निर्जीवन बीमा कम्पनी मध्ये ५ वटा निर्जीवन बीमा कम्पनीले मात्र आफ्नो पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले मात्र १ अर्ब पुँजीको हासिल गरेको अवस्था छ ।

Prabhu
Crest


चुक्ता पुँजी लाग्दा कम्पनीको बोनस र हकप्रदको बुक क्लोज पछि कायम चुक्ता पुँजीको आधारमा लगिएको हो ।

आईएमई जनरल इन्स्योरेन्स
आईएमई जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजी ३ प्रतिशतले पुँजी वृद्धि गर्नु पर्ने छ । आर्थिक वर्ष ७४/७५को साधारण सभाबाट बोनस शेयर मार्फत पुँजी पुग्ने सम्भावना देखिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सिध्दार्थ इन्स्योरेन्स
लुम्बिनी जनरल इन्स्योरेन्स र सिध्दार्थ इन्स्योरेन्सको पुँजी क्रमश १३ प्रतिशत र १५ प्रतिशतले वृद्धि हुन् बाँकी छ जुन आर्थिक वर्ष ७४/७५ को साधारण सभाबाट बोनस शेयर मार्फत पुँजी पुग्ने सम्भावना देखिन्छ ।

एन एल जी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स
एन एल जी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले अझै आफ्नो पुँजी ५६ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

प्रिमियर इस्न्योरेनस
प्रिमियर इस्न्योरेनसले ७१ प्रतिशतले आफ्नो पुँजी वृद्धि गर्न बाँकी छ । प्रमियर इन्स्योरेन्सले गत वर्ष निस्काशन गरेको एफपीओको प्रिमियमबाट यो बोनस शेयर दिदै पुँजी पुर्याउने देखिन्छ ।

सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत आफ्नो पुँजी वृद्धि गर्न बाँकी छ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष ७३/७४ मा कुनै लाभांस नदिएकोमा उसले यो वर्ष राम्रै बोनस शेयर दिएर पुँजी पुगाउने सम्भावना देखिन्छ ।

युनाईटेड इन्स्योरेन्स
युनाईटेड इन्स्योरेन्सको विशेष साधारण सभाले २४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । उक्त हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने १ अर्ब छ ।

राष्ट्रिय बीमा कम्पनी
राष्ट्रिय बीमा कम्पनीले आफ्नो पुँजी २७५ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

एभरेष्ट इन्स्योरेन्स
एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने तयारीमा छ । सो हकप्रद पछि कम्पनीको पुँजी १ अर्ब पुग्ने छ ।

कम्पनीले भविष्यमा दिन सक्ने लाभांस (बोनस शेयर ) उपलब्ध तथ्यांकलाई विस्लेशण गरी अनुमान गरिएको हो । निर्णय लग्नु अघि लगानीकर्ताले थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS