गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौता पश्चात्र बैंककाे कर्पोरेट कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्सका सबै बीमा सेवा उपलब्ध हुने भएकाे छ ।
उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेती र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात माछापुच्छ्रे बैंकका सेवाग्राहीले बैंकको कुनैपनि शाखाबाट गुराँस लाइफको सेवा लिन सक्ने छन् । गुराँस लाइफले नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको कम्पनीले बताएको छ ।