अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंक र बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।