नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयर सूचिकृत भएको छ । तीन कम्पनीको १६ लाख ३ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । सूचिकृत हुने कम्पनीहरुमा आरएसडीसी लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर रहेका छन् ।
आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता बोनस सेय सूचिकृत भएको छ । यस्तै, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता र रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।