एसियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर आज देखि खुला भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद खुला गरेको हो ।
कम्पनीको यस हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।हकप्रद भर्ने अन्तिम म्याद वैशाख २९ गते तोकिएको छ ।
लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल रहेको छ
एसियन लाइफको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरु र सि–आस्वाबाट पनि आवेदन दिन सकिनेछ ।हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा माथि हुनेछ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३९ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा रहेको छ ।