युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र देव विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र देव बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।