साताको पहिले दिन नेप्से १७ दशमलव १६ अङ्कले बढेर ११८२दशमलव ३६ अङ्कमा बन्द भएको छ । ५४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
हाईड्रोपावर र निर्जिवन बीमा, उत्पादनमुलक क्षेत्र, माईक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै एनआईसी एशीयो बैंकको ६करोड ७१ बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ६ दशमलव ३६ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव २५प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।