आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । कान्तिपुर दैनिकका अनुसार भारतीय आयल निगम आईओसी ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ ।
जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ । यति धेरै नाफा हुँदासमेत निगम आफैँले बनाएको स्वाचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन ।
कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ ।