कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बुटवल नगरपालिकाको मैना बगरमा आज ७९ औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेको छ । सञ्चालक तुलाचनले उक्त शाखाको समुद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिएका छन् ।
बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।