साताको पहिलो दिन नेप्से ० दशमलव ९१ अङ्कले घटेर ११४३ दशमलव ५९ अङ्कमा बन्द भएको छ । २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै बैंक अफ काठमाडौको २ करोड १२ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै अरुण कावेलिको सेयरमा ४ दशमलव ५५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर ९ दशमलव ४९ प्रतिशतले घट्न पुग्यो ।
जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।