एशियन लाईफ इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता पत्रमा एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारीराज हुमागाईँ र सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात एशियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने छ ।