साताको दोस्रो दिन नेप्से ३ दशमलव ८७ अङ्कले बढेर ११३८ दशमलव ६७ अङ्कमा बन्द भएको छ । २४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
हाइड्रोपावर, फाइनान्स, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंक प्रमोटर शेयरको २ करोड ८ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै ग्लेवल आइएमई लघुवित्तको सेयरमा ५ दशमलव ८६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर १० प्रतिशतले घट्न पुग्यो ।
जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।