गोर्खाज फाइनान्स लिमिटेडले ब्राण्ड एम्बेसडरमा गायिका मेलिना राई लाई नियुक्त गरेको छ । फाइनान्सले गायिका राईलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच संस्थाको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात गायिका मेलिनाले एक वर्षसम्म फाइनान्स लाई एम्बेसडरको रुपमा सहयोग गर्ने छिन् ।
कार्यक्रममा फाइनान्सका अध्यक्ष प्रेमबहादुर खापुङ्ग, गोर्खा समूहका संयोजक पुरञ्जन राई, फाइनान्सका पूर्व अध्यक्ष खड्ग बहादुर गुरुङ तथा संस्थाका कम्पनी सचिव मुकुन्द श्रेष्ठको उपस्थिती रहेको थियो ।
राष्ट्रिय स्तरको यस संस्थाको चुक्ता पुँजी ८७ करोड रुपैयाँ रहेको छ ।