साताको अन्तिम दिन नेप्से ६ दशमलव ८६ अङ्कले बढेर ११४० दशमलव ६० अङ्कमा बन्द भएको छ । २७ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
होटल, डेभलपमेन्ट बैंक, उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै आशा लघुवित्तको सेयरमा ९ दशमलव ९१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको शेयर ५ दशमलव ७४ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा गिरावट आएको छ ।