कम्पनीको प्रकार : निर्जीवन बीमा
Symbol: RBCL
प्रधान कार्यालय : रामशाहपथ, काठमान्डौ
सेयर रजिष्ट्रार : एनआईबीएल एस क्यापिटल
वेबसाईट : www.rbcl.com.np
पूँजी वृद्धिको अवस्था :
आवश्यक न्युनतम चुक्ता पूँजी : १ अर्ब
हाल रहेको पूँजी : २६ करोड ६६ लाख
वृद्धि गर्नु पर्ने पूँजी : ७३ करोड ३३ लाख
वृद्धि गर्नु पन प्रतिशत : २७५ प्रतिशत
महत्त्वपुर्ण अनुपातहरु :
प्रमुख गतिविधि
कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा गरेको थियो । कम्पनीले आर्थिक वर्ष ६३/६४ देखि ६७/६८ सम्मको वित्तिय विवरण पारित गर्दै साधारण सभा सम्पन्न गरे पनि लगानीकर्ताले कुनै पनि लाभांस पाएनन ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
- कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा १६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ३७ करोड २५ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ५५ प्रतिशतले कम भएको छ ।
- इन्स्योरेन्सको जगेडा कोषको आकार ९ प्रतिशतले वृद्धि भएर २ अर्ब १५ करोड पुगेको छ ।
- कम्पनीको बीमा कोष १४ प्रतिशतले वृद्धि गरेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
- कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ७२ करोड २२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
- शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४५ प्रतिशतले वृद्धि भएको छ ।
- कम्पनीको खुद बीमा शुल्क आम्दानी गत त्रैमास भन्दा ९९ प्रतिशतले वृद्धि भएर २५ करोड ६७ लाख पुगेको छ ।
- यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम १८ प्रतिशतले वृद्धि भएर ४ करोड ४ लाख रहेको छ भने खुद दावी भुक्त्तानी ३ करोड ६२ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा २२ प्रतिशतले धेरै हो ।
- कम्पनीको प्रति शेयर आम्दानी ५५ प्रतिशतले कम हुँदै १२६ रुपैयाँ ३५ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २७९ रुपैयाँ ४ पैसा थियो ।
निष्कर्ष :
कम्पनीको पुँजी अझै २७५ प्रतिशतले वृद्धि गर्न बाँकी छ । त्यसैले बजारमा मूल्य निकै माथि रहेको छ ।
कम्पनीको किताबी मूल्य र जगेडा कोष एकदमै बलियो छ । खुद नाफामा आएको ५५ प्रतिशतको गिरावटले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा पनि ५५ प्रतिशतको गिरावट देखिएको छ ।
बीमा शुल्क आर्जन रकममा भने कम्पनीले राम्रै प्रगति गरेको देखिन्छ ।
कम्पनीकोे विगतको वर्षको लाभास :
(प्रतिशतमा)
उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।