घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्न नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र प्रभु लाइफ इन्स्योरेन्स बीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ ।
प्रभु लाईफ इन्स्योरेन्स र नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) बीच घुम्ती बीमा राष्ट्रिय सचेतना अभियान सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एनसिसका मनिष प्रसाईं र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० वटा कार्यक्रममा सहकार्य गर्ने भएका छन् ।
सम्झौता भए सँगै प्रभु लाइफ इन्स्योरेन्स घुम्ती बीमा अन्तर्गत हुने १० कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एनसिस सँग जोडिएको छ ।
बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिका बाट उद्घाटन हुँदैछ ।