कम्पनीको प्रकार: निर्जीवन बीमा
Symbol: IGI
प्रधान कार्यालय :काठमाडौ
सेयर रजिष्ट्रार : ग्लोबल आईएमई क्यापिटल
वेबसाईट : www.iginepal.com
पूँजी वृद्धिको अवस्था
आवश्यक न्युनतम चुक्ता पूँजी: १ अर्ब
हाल रहेको पूँजी :९७ करोड २० लाख
वृद्धि गर्नु पर्ने पूँजी : २ करोड ८० लाख
वृद्धि गर्नु पर्ने पूँजी प्रतिशत : ३ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव : अझै बाँकी छ
प्रमुख गतिविधि
१ अर्ब पूँजी पुर्याउने क्रममा कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो । सो हकप्रद शेयर पश्चात कम्पनीको पुँजी ९७ करोड २० लाख पुगेको छ । बीमा समितिले तोकेको पूँजी पुर्याउन कम्पनीलाई अब करिव ३ प्रतिशतले आफ्नो पूँजी वृद्धि गर्न आवस्यक छ, जो आर्थिक वर्ष ७४र७५ लाभांस बाट सम्भावना धेरै छ ।
विगत केही वर्ष अघि वित्तिय अवस्था निकै नाजुक रहेको कम्पनीको नयाँ व्यवस्थापन संगै कम्पनीले आफ्नो व्यापार व्यवसायलाई फैलाउदै लागेको प्रस्ट हुन्छ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :
कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निस्काशन गरिसकेकोले सो हकप्रद शेयरलाई पूँजीमा समावेश गरेर प्रति शेयर आम्दानी गणना गरिएको छ ।
आईएमई जनरल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ४ करोड ८२ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा ७६ प्रतिशतले वृद्धि भएको छ ।
- इन्स्योरेन्सको जगेडा कोषको आकार २७ प्रतिशतले वृद्धि भएर १४ करोड ५५ लाख पुगेको छ ।
- कम्पनीको बीमा कोष ७६ प्रतिशतले वृद्धि गरेर २० करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
- कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ६० करोड ४९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा
- शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ४३ प्रतिशतले वृद्धि भएको छ ।
- कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ६३ प्रतिशतले वृद्धि भएर २६ करोड ४५ लाख पुगेको छ ।
- यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ९६ प्रतिशतले वृद्धि भएर १६ करोड ७५ लाख रहेको छ भने खुद दावी
- भुक्त्तानी ७ करोड ९४ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६३ प्रतिशतले धेरै हो भने २५ करोड १२ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
- कम्पनीको प्रति शेयर आम्दानी ३३ प्रतिशतले कम हुँदै १२ रुपैयाँ ०४ पैसा रुपैँया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १७ रुपैयाँ ८५ पैसा थियो ।
निष्कर्ष:
कम्पनीले पुँजी वृद्धिको क्रममा निकै आक्रामक रुपमा हकप्रद शेयर निस्काशन गरेको छ । जसले गर्दा कम्पनीलाई भविष्यमा प्रति शेयर आम्दानी र लाभांसको सन्तुलन राख्न केही अप्ठेरो पर्ने देखिन्छ । कम्पनीले बीमा व्यवसाय भने फैलाउदै लागेको प्रस्ट हुन्छ ।
कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :
नेप्सेमा २०७५/११/३० गतेको कारोवार र पिभोट टेबल
उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु