साताको अन्तिम दिन नेप्से ५ दशमलव ४० अङ्कले बढेर ११५५ दशमलव ५० अङ्कमा बन्द भएको छ । ४८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स प्रमोटरको २१ करोड बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै तिनाउ डेभलपमेन्ट बैंकको सेयरमा ९ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रिद्धि हाइड्रोपावर डेभलपमेन्टको शेयर ६ दशमलव १२ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।