एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड बीच जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त संझौतापत्रमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात गण्डकी विकास बैंकको ७७ वटा शाखाहरु बाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।
पुस मसान्त सम्म कम्पनीको जीवन बीमाकोष रु. १५ अर्ब १२ लाख रहेको छ । रु.५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको छ । कम्पनीले चुक्ता पूँजी रु.२ अर्ब पुर्याउनको लागी निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।
साथै एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर रहेका आफ्नो ११४ वटा कार्यालयहरु बाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ ।