नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा एक पटकमा ५ लाख रुपैयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ ।
लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्तालाई पनि प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डको बिज्ञप्तीले बताएको छ ।
लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आगामी वैशाख १ गतेदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।
एकैपटक ५ लाख भन्दा कम कारोबार गर्नेले प्यान नम्बर उल्लेख गर्न अनिवार्य हुनेछैन् । यसैगरी धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।