साताको तेस्रो दिन नेप्से २ दशमलव ०६ अङ्कले बढेर ११०२ दशमलव ६४ अङ्कमा बन्द भएको छ । २२ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
ट्रेडिङ र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।
सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २६ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमा ६ दशमलव ४४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिन्धु बिकास बैंकको शेयर ७ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।