कम्पनीको प्रकार: निर्जीवन बीमा
Symbol: LGIL
प्रधान कार्यालय : ज्ञानेश्वोर,काठमान्डौ
सेयर रजिष्ट्रार :एन.आई.बी.एल. एस क्यापिटल
वेबसाईटस् :www.lgic.com.np
पुँजी वृद्धिको अवस्था
आवश्यक न्युनतम चुक्ता पुँजी : १ अर्ब
हाल रहेको पुँजी : ८८ करोड
वृद्धि गर्नु पर्ने पुँजी : १२ करोड
वृद्धि गर्नु पर्ने पुँजी प्रतिशत :१४ प्रतिशत
आर्थिक वर्ष ७४/७५ को लाभांस प्रस्ताव :अझै बाँकी छ
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष ७५/७६को दोश्रो त्रैमासको वित्तिय विवरण :
लुम्बिनी जनरल इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
- कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफा ७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष यही त्रैमासमा ८ करोड ५२ लाख रुपैया खुद नाफा गरेको थियो । खुद नाफा गत त्रैमास भन्दा १० प्रतिशतले कम भएको छ ।
- इन्स्योरेन्सको जगेडा कोषको आकार १२३ प्रतिशतले वृद्धि भएर १७ करोड ९२ लाख पुगेको छ ।
कम्पनीको बीमा कोष २९ प्रतिशतले वृद्धि गरेर ४७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । - कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म ६१ करोड ३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा ६ प्रतिशतले वृद्धि भएको छ ।
- कम्पनीको खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ३ प्रतिशतले वृद्धि भएर ३६ करोड ८३ लाख पुगेको छ ।
- यस त्रैमास सम्ममा कुल दावी भुक्त्तानी रकम ३६ प्रतिशतले वृद्धि भएर ३३ करोड ७८ लाख रहेको छ भने खुद दावी भुक्त्तानी १९ करोड २१ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६ प्रतिशतले धेरै हो भने ६१ करोड ६७ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
- कम्पनीको प्रति शेयर आम्दानी १० प्रतिशतले कम हुँदै १७ रुपैयाँ ४३ पैसा रुपैया पुगेको छ । प्रति शेयर आम्दानी अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १९ रुपैयाँ ३६ पैसा थियो ।
- कम्पनीको दोश्रा त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ७९ दशमलव ३६ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य २ सय ९३ रुपैयाँ रहेको छ ।
निष्कर्ष :
कम्पनीको खुद नाफामा गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास भन्दा अहिले कम्पनीको खुद नाफा १० प्रतिशतले कम भएको छ ।
खुद नाफामा आएको गिरावट संगै कम्पनीको प्रति शेयर आम्दानी पनि १० प्रतिशतले घटेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन रकम र खुद बीमा शुल्क आर्जन रकममा झिनो प्रतिशतको वृद्धि देखिएको छ ।
कम्पनीको जगेडा कोष भने १२३ प्रतिशतको फराकिलो अंकले वृद्धि भएको छ । त्यस्तै कम्पनीको बीमा लेख संख्यामा पनि गिरावट देखिएको छ ।
कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :
कम्पनीकोे विगत ५ वर्षको लाभास :
(प्रतिशतमा)
नेप्सेमा २०७५/११/१९ गतेको कारोवार र पिभोट टेबल
उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।