Connect IPS
IME Life

स्टान्डर्ड चार्टड र बुटवल पावरको एफपीओमा शेयर पाउने लगानीकर्ता अहिले आएर फाईदामा की घाटामा ?

SPIL
NIC ASIA new
Sanima Reliance

केही कम्पनीका थप सार्वजनिक निष्काशन  (एफपीओ) मा केही समय पहिले लगानी गर्ने लागानीकर्ताले नोक्सानी बेहेर्नु परेको छ । कम्पनीले महंगोमा एफपीओ  निष्काशन गर्ने र धितोपत्र बोर्डलेले पनि अनुमति दिदा र लगानीकर्ताले धरै प्रिमियम तिर्दा अहिले केही कम्पनीको एफपीओमा गरिएको लगानी घटेकोे छ । केही समय अघि एफपीओ निस्काशन गर्ने स्टान्डर्ड चार्टड बैंक र बुटवल पावर कम्पनी लिमिटेडमा सो दृश्य देखिएको छ ।

स्टान्डर्ड चार्टड बैंकले १०० रुपैयाँ अंकित मुल्यमा ११९०  रुपैयाँ प्रिमियम थपी प्रति कित्ता १२९० मा थप सार्वजनिक निस्काशन गरेको थियो । उदाहरणको लागि त्यो बेला तपाईले १० कित्ता एफपीओ पार्नु भएको थियो भने तपाई अहिले २०५० रुपैयाँ नोक्सानीमा हुनुहुन्छ भने प्रति कित्ता २०५ रुपैया नोक्सानीमा हुनुहुन्छ ।

Prabhu
Crest

एफपीओ पछि कम्पनीले १०० प्रतिशत बोनस शेयर दिएको थियो । शत प्रतिशत बोनस शेयर पश्चात अब शेयर संख्या २० कित्ता हुन्छ । त्यसपछि कम्पनीले आर्थिक वर्ष ७४/७५ मा लगानीकर्तालाई १७ दशमलव ५ प्रतिशत नगद लाभांस दिएको थियो । सो लाभांस बापत लगानीकर्ताले ३५० रुपैया प्राप्त गर्छन । ( लाभांसमा लाग्ने कर बाहेक)

बुटवल पावर कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा ४०१ रुपैया प्रिमियम थपी प्रति कित्ता ५०१ मा थप सार्वजनिक  निष्काशन गरेको थियो । उदाहरणको लागि त्यो बेला तपाईले १० कित्ता एफपीओ पार्नु भएको थियो भने तपाई अहिले ९३४ रुपैया नोक्सानीमा हुनुहुन्छ भने प्रति कित्ता ९३ रुपैया नोक्सानीमा हुनुहुन्छ ।

१० कित्ता एफपीओ मार्फत शेयर पाए पछि कम्पनीले २० प्रतिशत नगद लाभांस दिएको थियो । २० प्रतिशत नगद लाभांस मार्फत तपाईले २०० रुपैयाँ नगद लाभांस प्राप्त गर्नु भयो । त्यसपछि कम्पनीले आर्थिक वर्ष ७४/७५ मा लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांस दिएको थियो । सो बोनस शेयर पश्चात शेयर कित्ता ११ पुगेको छ भने नगद लाभांस मार्फत १८० रुपैयाँ प्राप्त गर्नु भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS