साताको पहिलो दिन नेप्से ४ दशमलव ९५ अङ्कले घटेर ११०० दशमलव ५८ अङ्कमा बन्द भएको छ । २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
होटल र जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६० लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै भार्गव बिकास बैंकको सेयरमा ५ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिन्धु बिकास बैंकको शेयर ८ दशमलव ६९ प्रतिशतले घट्न पुग्यो ।
जीवन बीमा कम्पनीको उपसुचक ०.९५ प्रतिशतले बढेकोे छ । भने कारोबार रकम ५ हजार ६ सय ३६ दशमलव १६ को बिन्दुमा कारोबार बन्द भएको छ ।