बुधबार ताप्लेजुङमा भएको एयर डाइनेष्टि को हेलिकप्टर दुर्घटनाबाट नेपाली निर्जिवन बीमा कम्पनीमा २७ करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।
आईएमई जनरल इन्स्योरेन्स कम्पनीले एयर डाइनेस्टीको हेलिकप्टरको बीमा गरेको थियो । कम्पनीले ९९.५ प्रतिशत पुर्नबीमा गराएको छ भने ०.५ प्रतिशत खुद धारण गरेको छ । साधारणतया नेपालमा उड्ने होलिकप्टरको औषत मूल्य २५ देखि ३० करोड रुपैयाँ सम्म पर्ने गर्दछ । साथै होलिकप्टर यात्रुको प्रतिव्यक्ति बीमांक रकम २० हजार डलर रहेको छ ।
यसको आधार हेर्ने हो भने पनि ६ जना यात्रु बराबर करीब एक करोड ३८ लाख रुपैयाँ दाबी पर्न आउने देखिन्छ । होलिकप्टर पाईलटको औषत ५० देखि १ लाख डलर बराबरको बीमा गर्ने व्यवस्था रहेको छ । यो व्यवस्था कम्पनी अनुसार फरक फरक हुन सक्छ ।
न्यूनतम ५० हजार डलरलाई आधार मान्ने हो भने पनि पाईलटको मृत्यू बापतको दाबी ५५ लाख पर्न आउछ । यसका अक्तिरिक्त होलिकप्टर बीमा गर्दा रिक्स एण्ड अपरेसन जोखिम बापत १० डलर बराबरको बीमा गरिन्छ । होलिकप्टर पाईलट यात्रुको न्यनतम बीमांक रकमलाई आधार मान्दा पनि २७ करोड रुपैया दाबी पर्ने देखिन्छ ।
तर अधिंकाश जोखिम पूर्नबीमा गर्ने भएकाले नेपाली बीमा कम्पनीमा खासै भार नपर्ने बीमा समितिले बताएको छ । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेखभीरमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षण पछि मन्त्री अधिकारी सहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा दुर्घटना भएको थियो ।
हेलिकप्टरमा सवार पर्यटनमन्त्री अधिकारी सँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको हो ।
बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौं स्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टर मार्फत ल्याइएको छ । । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ ।