पाँचथर पावर कम्पनीले फाल्गुण (आज )देखि आईपीओ खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता शेयर निष्कासन गरेको छ ।
यसमध्ये कर्मचारीलाई २५ अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५५ ९८७ हजार ५१२ कित्ता० छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवदेन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि आवेदन दिन पाइनेछ ।
यसअघि कम्पनीले पुस ३० देखि माघ २९ गतेसम्म पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीयलाई ९ लाख ६२ हजार ५०० कित्ता शेयर निष्कासन गरेको थियो । यसमा स्थानीयले १ लाख ७४ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।
पाँचथर पावरले पाँचथर जिल्लामा १४।९ मेगावाटको ’हेवा खोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ छ । यसको साधारण लगानी फिर्ता हुन ८।९४ वर्ष लाग्नेछ ।