सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७५ ७६ को दोस्रो त्रैमासको अवधिमा १ अर्ब ८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा २५.७५ प्रतिशतले बढी हो ।
चालु आवको दोस्रो त्रैमसको अवधिमा कम्पनीले ६५ हजार ४ सय २५ बीमालेख जारी गरेको छ । गत अवको सोही अवधिको तुलनामा यो ३.०७ प्रतिशतले बढी हो । चालू आवको पुस मसुान्त सम्ममा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब १ करोड ४६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
२ हजार ६ सय २१ कुल दाबी वापत १८ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने दुई हजार ५ सय ९४ दाबी वापत ८१ करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड २८ लाख रहेको छ । यस्तै, कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५४ पैसा रहेको छ । भने मूल्य अनुपात ४२ रुपैयाँ ४८ पैसा रहेको छ । भने कम्पनीके प्रतिश शेयर नेटवर्थ ३ सय १९ रुपैयाँ ६२ पैसा रहेको छ ।