नेपालको पूँजी बजार तथा समग्र वित्तीय विश्लेषण गर्न एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना हुने भएको छ । यस संस्थामा वित्तीय विश्लेषण गर्ने विश्लेषकहरुको संगठनको रुपमा आउने भएको छ फागुन ३ औपचारीक रुपमा उद्घाटन गर्ने भएको छ ।
यस संस्थामा एडभोकेसी, युनिभर्सिटी आउटरिच, मेम्बर भ्यालु, र सञ्चालन तथा बजेट गरि चारवटा समिति रहेका छन् । उक्त उद्घाटनमा नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डको अध्यक्ष, बीमा क्षेत्रका व्यक्ति सिएफए इन्स्टिच्युटको तर्फबाट निकपोलार्ड लगायत तीनजना विदेशीको उपस्थिती हुने भएको छ ।