कम्पनीको प्रकार : विकास बैंक
प्रधान कार्यालय : ज्ञानेश्वर
सेयर रजिष्ट्रार : एनएमबी क्यापिटल लिमिटेड
वेबसाईट : http://www.kamanasewabank.com
Symbol: KSBBL
प्रमुख हाईलाईट्स :
प्रमुख गतिविधिः
कम्पनीले आर्थिक वर्ष ७३/७४को नाफाबाट लगानीकर्तालाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांस दिएको थियो ।
आर्थिक वर्ष ७३/७४ को लाभांस सगै कम्पनीले २ अर्ब ५० करोड पुँजीको लक्ष्य हासिल गरेको अवस्था छ । कम्पनीले आर्थिक वर्ष ७४/७५को साधारण सभा गर्न बाँकी नै छ ।
कामना सेवा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७५/७६को दोश्रोे त्रैमासको वित्तिय विवरण :
(रु.हजारमा)
कम्पनीको सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
- बैंकले यो अवधिमा आफ्नो खुद नाफामा २ प्रतिशतले वृद्धि आएको छ । बैंकले यो त्रैमाससम्म १३ करोड ८२ लाख रुपैया खुद मुनाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा सोहि अवधिमा बैंकले १३ करोड ६० लाख खुद नाफा कमाएको थियो ।
- खुद नाफामा देखिएको २ प्रतिशतको वृद्धि र चुक्ता पुँजीमा देखिएको २१ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रति शेयर आम्दानीमा १६ प्रतिशतको गिरावट देखिएको छ । कम्पनी प्रति शेयर आम्दानी ११ दशमलव ०५ रुपैया रहेको छ । (वार्षिक )
- निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १७ अर्ब २७ करोड निक्षेप उठाई १५ अर्ब ७४ करोड रुपैंया कर्जा प्रवाह गर्न सफल भएको छ ।
- निक्षेप २५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २७ प्रतिशतले वृद्धि भएको छ ।
- बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी २३ प्रतिशतले वृद्धि भएर ३७ करोड ८४ लाख पुगेको छ । त्यस्तै बैंकको संचालन नाफा १७ प्रतिशतले वृद्धि भएर १८ करोड ८३ लाख पुगेको छ ।
- समिक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा २ दशमलव १३ प्रतिशतबाट घटेर १ दशमलब ६७ प्रतिशतमा आएको छ ।
- बैंकको सिसिडि रेशियो ७६ दशमलव ६ प्रतिशतमा रहेको छ ।
- बैंकले प्रकाशन गरेको प्रकाशित दोश्रोे त्रैमासको वित्तीय विवरण अनुसार कोषको लागत ८ दशमलव ८९ प्रतिशत, आधार व्याज दर ११ दशमलव ५९ प्रतिशत छ ।
- कम्पनीको प्रति शेयर नेटवर्थ (किताबी मूल्य ) १४२ दशमलव ०९ रहेको छ ।
निस्कर्ष :
कामना र सेवा विकास बैंक मर्ज भएर बनेको सस्था कामना सेवा विकास बैंकले रास्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी हासिल गरिसकको अवस्था छ ।
कम्पनी दोश्रो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरेको छ । खुद नाफमा सामान्य मात्र वृद्धि र चुक्ता पुँजी वृद्धिले कम्पनीको प्रति शेयर आम्दानीमा भने कमी आएको छ ।माघ २८ गतेको बजारमूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमव २१ गुणा छ । सो अनुपातले कम्पनी अन्डरभ्यालुड जोनमा छ भनेर देखाउंछ ।
त्यस्तै कम्पनीको किताबी मूल्य १४२ रहेकोमा कम्पनीको बजार मूल्य त्यो भन्दा नि मुनी रहेको छ । कम्पनीको बजार मूल्य १३५ रहेको छ ।
एक हप्ताको फ्लोर सिट विस्लेषण :
नेप्सेमा २०७५/१०/२८ गते कारोवार भएको ग्राफ :
उच्च : १३६ न्यून : १३४ बन्द : १३५
कारोवार परिमाण : ६३७५
पिभोट टेबल
(२०७५/१०/२८ गतेको कारोवार अनुसार :
उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।