प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमासको पुस मसान्त मसान्तसम्ममा कम्पनीले २६ करोड ३१ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीले दोस्रो त्रौमासको पुस अन्त्यसम्ममा ५० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
कम्पनीले दोस्रो त्रैमासमा २ करोड ७४ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा कम रहेको छ । गत वर्ष प्रभुले ३ करोड ७२ लाख ११ हजार ५८० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै कम्पनीले चालु आ.वमा १२ हजार २ सय ८१ वटा बीमालेख जारी गरेको छ ।
कम्पनीको जीवन बीमा कोषमा भने १७ करोड ३९ लाख रुपैयाँ रहेकोे छ । यसै गरि कम्पनीको महा बिपत्ती कोषमा भने ३९ लाख १९ हजार रहेको छ ।