सानिमा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा ४ करोड ४१ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसाचर उक्त अवधिमा २३ हजार ७३ वटा बीमालेख जारी भएका छन् ।
त्यस्तै कम्पनीले ३ लाख ३१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ४ लाख ४० रुपैयाँ रहेको छ । १ करोड ४१ लाख रुपैयाँ जगेडा कोष रहेको सानिमाको चुक्ता पूँजी भने ७० करोड रुपैयाँ रहेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दाबी संख्या १५ रहेको छ ।
कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा १ करोड २८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।