Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी कस्तो छ ? हेरौँ कम्पनी विश्लेषण ।

SPIL
NIC ASIA new
Sanima Reliance

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड

Prabhu
Crest

कम्पनीको प्रकार : लाईफ इन्स्योरेन्स

Symbol : LICN

सञ्चालक समिति: 

प्रधान कार्यालय : पुतलीसडक, काठमाडौं
सेयर रजिष्ट्रार : नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेड, काठमाडौं

वेबसाईट:http://www.licnepal.com.np

प्रमुख गतिविधी :

आर्थिक वर्ष ७३/७४ को नाफा बाट १२ प्रतिशत बोनस प्रस्ताव गरेकोमा सो बोनस शेयर पश्चात कम्पनीको पुँजी १ अर्ब ४८ करोड पुग्नेछ । त्यसपछि पनि अझै कम्पनीले आफ्नो पुँजी ३४ प्रतिशतले वृद्धि गर्नु पर्ने छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्त भएका छन् ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको आर्थिक वर्ष २०७५/७६कोे प्रथम त्रैमासको वित्तिय विवरण :
(रु.हजारमा)

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले प्रथम त्रैमाससम्ममा ४ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ कम्पनीले प्रथम त्रैमासको प्रतिवेदनमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
  • कम्पनीको जगेडा ७० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४ लाख रहेको जगेडा यो त्रैमासमा ५२ करोड ८९ लाख पुगेको छ ।
  • कम्पनीको जीवन बीमा कोषमा २८ प्रतिशतले वृद्धि भएर ४६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, महाविपति जगेडाकोष कोषमा कम्पनीले १४ करोड ४३ लाख रुपैयाँ संचित छ ।
  • कम्पनीको कुल विमा शुल्क आर्जन रकम ३० प्रतिशतले वृद्धि भएर २ अर्ब ९० करोड रुपैयाँ पुग्दा खुद बिमा शुल्क आम्दानी गत त्रैमास भन्दा ३० प्रतिशतले वृद्धि भएर २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
  • यस त्रैमाससम्ममा कुल दावी भुक्त्तानी रकम ३८ प्रतिशतले वृद्धि भएर ६७ करोड ६७ लाख रुपैयाँ रहेको छ त्य्स्तै खुद दावी भुक्त्तानी रकम ६६ करोड ९८ लाख रहेको छ जुन अघिल्लो आर्थिक वर्ष भन्दा ४३ प्रतिशतले वृद्धि भएको हो ।
  • कम्पनीको प्रथम त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ४५ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तीको मुल्य ३ हजार ७ सय ७२ रुपैयाँ रहेको छ ।
  • कम्पनीको भुक्तानी हुन बाँकी दावी रकाम ३९ प्रतिशतले कम भएर २ करोड ५२ लाख रहेको छ ।
  • कम्पनीको कुल कायम रहेको बीमा लेख संख्या १ प्रतिशतले वृद्धि आउदै ७ लाख २४ हजार पुगेको छ ।

निष्कर्ष :
कम्पनीले आर्थिक वर्ष ७३/७४ को लागि ३६ प्रतिशत लाभांस प्रस्ताव गरेपनि बीमा समितिको निर्देशन अनुसार कम्पनीले लाभांस परिमार्जन गरेर १२ प्रतिशत पुन प्रस्ताव गरेको छ ।

यसले गर्दा कम्पनीलाई थप चुनौती थपिएको छ । कम्पनीले अझै आर्थिक वर्ष ७३/७४ को साधारण सभा गर्न सकेको छैन ।
कम्पनीको व्यापर व्यवसाय वृद्धि भएको देखिन्छ । कम्पनीको बीमा शुल्क आर्जन रकममा ३० प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै दावी भुक्तानीमा आक्रामक बनेको कम्पनीको भुक्तानी हुन बाँकी दावी भने ३९ प्रतिशतले कम ल्याउन सफल भएको छ ।

नाफामा र प्रति शेयर आम्दानीमा समान १३ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीको विगत ५ वर्षको प्रमुख वित्तिय विवरण :

कम्पनीकोे विगत ५ वर्षको लाभास :

(प्रतिशतमा)
*प्रस्तावित

नेप्सेमा २०७५/१०/२७ गते कारोवार भएको ग्राफ:

उच्च : १६७० न्यून: १६०६ बन्द :१६३८
कारोवार परिमाण :२९४८

पिभोट टेबल:

(२०७५/१०/२७ गतेको कारोवार अनुसा

उपलब्ध आधिकारिक तथ्यांकबाट तयार गरिएको यो विस्लेषण पूर्ण होइन, निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS