एल.आई.सी. नेपालले प्रदेश नं. २ अन्तर्गतका सम्पूर्ण शाखा कार्यालय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम जनकपुरमा आज सम्पन्न गरेको छ ।
कम्पनीले प्रदेश नं. २ का २३० जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा सम्मानित गर्यो । कार्यक्रममा अभिकर्ताहरुले एल.आई.सी. नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री एल.पी. दासलाई मिथिला संस्कृति एवं परम्परा अनसुार स्वागत गरेका थिए । एक दिवसीय उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री दास र कम्पनीका नायब महाप्रबन्धक श्री अभिजित घोष दस्तिदारले सहभागीहरुलाई प्रशिक्षण प्रदान प्रदान गरेका थिए ।