चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधि सम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २३ करोड ९१ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा ३९.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा साना किसानले १७ करोड १५ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
साना किसान विकास लघुवित्तले यस अवधिमा खुद ब्याज आम्दानी ४२ करोड २१ लाख रुपैयाँ पुर्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३१ दशमलव ४६ प्रतिशतले बढी हो ।
साना किसानको चुक्ता पुँजी ७८ करोड ६० लाख ३४ हजार रुपैयाँ छ । गत आवमा पुँजी ६२ करोड ८८ लाख २७ हजार रुपैयाँ थियो । यस्तै लघुवित्तको जगेडा कोषमा १ अर्ब ४२ करोड २२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
साना किसानको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २८० रुपैयाँ ९४ पैसा रहेको छ ।