साताको पहिलो दिन नेप्से ८ दशमलव ५७ अङ्कले घटेर ११५३ दशमलव ०६ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
ट्रेडिङ क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै माछापुछ्र्रे बैंक लिमिटेड प्रमोटर शेयरको ५ करोड ९३ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै विजय लघुवित्त वित्तीय संस्थाको सेयरमा ३ दशमलव ८३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सानिमा इक्वीटी फण्डको शेयर ३ दशमलव ७९ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ६५ प्रतिशतले घटेकोे छ भने ५ हजार ५ सय ४५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६२ प्रतिशतले घटेर ५ हजार ९ सय ९३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।