यो साता दोश्रो बजारमा पुरै ५ दिन नै शेयर कारोवार भयो । यो साता आईतबार नेप्से परिसूचक ११७२ दशमलव ७८को विन्दुमा सुरु भएको थियो । साताको अन्तिम दिन नेप्से परिसूचक ११६१ दशमलव ६३ को विन्दुमा बन्द भएको थियो । यसको मतलव यो साता नेप्से परिसूचक ११ दशमलव १५ अंकले घटेको छ ।
यो साता ५ दिन मध्य ३ कारोवार दिन नेप्से परिसूचक घटेको भएको थियो भने २ कारोवार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो ।
नेप्सेले शेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान ल्याउने कुरा संगै आईतबार नेप्से परिसूचकमा १० दशमलव ६८ को गिरावट देखिएको थियो । त्यसपछि भने बजार केही समालिएको थियो ।
यो साता सबै भन्दा धेरै माथिल्लो तामाकोशीको शेयर किन बेच भएको छ भने दोश्रोमा नागरिक लगानी कोषको शेयर किन बेच भएको छ ।
हेरौ यो साता सर्वाधिक शेयर कारोवार भएका १० कम्पनीहरु:
यो साता नागरिक लगानीकोष, महालक्ष्मी विकास बैंक र पोखरा फाईनान्सको गरेर बोनस शेयर ४५ लाख ७ हजार ५ सय ५२ कित्ता शेयर सुचिकृत भएका छ । आजको मिति सम्म सबै भन्दा ठुलो बजार पुँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम परेको छ । दोश्रोमा नबिल बैंक लिमिटेड र तेश्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ ।
आज सम्म सर्वाधिक बजार पुँजीकरण भएका १० कम्पनीहरु:
अन्य परिसूचक: