एभरेष्ट इन्स्यारेन्सले बिक्री खुला गरेको १०५ प्रतिशत हकप्रद सेयर माघ ९ गते बाँडफाँट हुने भएको छ । कम्पनीले १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक समूहको हकप्रद सेयर बिक्री खुला गरेकोमा १२ लाख ५ हजार ६०८ कित्ताका लागि मात्र आवेदन परेको हो ।
यस आधारमा अझै १ लाख ९७ हजार ७१७ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर अब लिलामीमा आउनेछ । एभरेष्ट इन्सुरेन्सले मंसिर १६ गतेदेखि पुस २२ गतेसम्म संस्थापक समूहको १४ लाख ३ हजार ३२५ कित्ता (१०५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
एभरेष्टले १३ करोड ३६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजीबाट १०५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक सेयर हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद जारी गरिएको हो ।