अजोड इन्स्योरेन्स लि. सँग धनगढी क्रिकेट एकेडेमीले अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य सम्झौता गरेको छ ।
माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार वहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा अजोड इन्स्योरेन्सले माघ २६ गते देखी फाल्गुन ११ गते सम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसीयल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदिर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई १० हजा रुपयाँ इनाम प्रयोजन गरीएको छ ।