सांग्रिला डेलभपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका तर्फ़बाट प्रमुख कार्यकारी निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धि सम्पुर्ण सेवा सहज र सरल रुपमा लिन सक्नेछन ।