साताको तेस्रो दिन नेप्से ० दशमलव ७८ अङ्कले बढेर ११६८ दशमलव ८३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २९ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
हाइड्रोपावर, फाइनानस, र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । जीवन बीमा क्षेत्रको परिसुचमा १ दशमलव ११ प्रतिशतको वृद्धि आएको छ ।
सबैभन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको ५ करोड ४७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ३ दशमलव ५१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै कञ्चन डेभलपमेन्ट बैंकको शेयर ९ दशमलव ८२ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० प्रतिशतले बढेको छ भने ५ हजार ६ सय ७ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ११ प्रतिशतले बढेर ६ हजार १ सय ४१ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।