स्वास्थ बीमा बोर्डका नवनियुक्त रमेशकुमार प्रोख्ररेल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० बर्ष काम गरिसकेका छन् । स्वास्थ्थ बीमा बोर्डमा नियुक्त भएको लगभग एक महिना भईसकेको छ । आगामी दिनमा स्वास्थ्य बीमा बोर्डलाई दिर्घकालीन योजना मार्फत अघि बढाउने धारणा बोकेका प्रोख्ररेलले बोर्डलाई सही रुपमा अघि बढाउने लक्ष्य राखेका छन् । यसै सन्दर्भमा स्वास्थ्य बीमा बोर्डको आगामी योजना र यसकोे गतिविधीका बारेमा उनै प्रोख्ररेलसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार ः
तपाई भखरै स्वास्थ्थ बीमा बोर्डमा नियुक्त हुनु भएको छ । स्वास्थ्य बीमालाई व्यापक बनाउन कस्तो खालको योजना बनाउनुभएको छ ?
स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएको लगभग एक महिना हुन लागिसकेको छ । यस संस्थाको लागि धेरै पूरानो त हैन तर बुझदै जान्दै गर्ने क्रममा नै छु । यहाँको साथीभाईबाट पनि धेरै कुराहरु सिक्दै छु । आफैले बुझदै सिक्दै पनि छु । कुनै पनि कुराको सफलता र असफलता पछाडी कामको कार्यक्रम संचालन पद्धती र त्यसका विधि त्यसको ऐन कानुन अनुसारको मापदण्ड त्यस कुरामा भर पर्छ । योे सामाजिक सुरक्षा सम्बधीको एक विशुद्ध भावानाले नेपाल सरकारले संचालन गरेको एक कार्यक्रम हो । जनताको पनि यसमा ठूलो आशा र भरोसा पनि रहेको छ । भविष्यमा यो कार्यक्रम राम्रोसँग संचालन गर्नको लागि वा भविष्यमा हामीले यसबाट सफलता प्राप्त गर्नको लागि यो कार्यक्रमलाई विधि प्रकृया र कानुनको दायरा भित्र राखेर कार्यक्रम संचालन गनुपर्ने हुन्छ । यो कार्यक्रमको स्वास्थ्य बीमा ऐनद्धारा सञ्चालित छ । यो ऐन आएको पनि एक बर्ष भईसकेको छ । अहिलेसम्म हामीले यसको नियमावली बनाउन सकेको छैनौ । बोर्डले पनि यसका मापदण्ड एवं निर्देशीका बनाउनु नै बाँकी छ । स्वास्थ्य बीमा बोर्डमा पनि एक दुईजना बाहेक लगभग सबै नियुक्त भईसकेको छ । लगभग नियमावली पनि अन्तिम चरणमा प्रवेश गरेको छ । बोर्डले राखेको बैठकमा पनि हामीले नियम पद्धती विधी बनाउनेमा केही निर्णयहरु गरेका छौ । उक्त निर्णयहरु कार्यन्वयन भईसकेपछी प्रभावकारी रुपमा कार्यक्रम अघि बढ्ने अपेक्षा राखेको छु ।
हजुरसँग बीमा क्षेत्रको अनुभव त छैन । तर सरकारले अनुभव भएकालाई छोडेर हजुरलाई नै किन नियुक्त गरयो ?
मैले ठ्याक्कै बीमा भनेर बीमाको क्षेत्रमा काम गरेको त अनुभव छैन । लघुवित्त क्षेत्रमा मैले ३० बर्ष काम गरेका अनुभव मसँग छ । केन्दि«य बैंैकमा त्यहाँको ६/७ वटा विभाग भित्र कार्य गरेका अनुभव रहेको छ । लघुवित्त क्षेत्रको लागि त म जानकार व्यक्ति नै हो । वित्तिय क्षेत्रमा मैले लामो समय पनि बिताएको छु । वित्तिय क्षेत्रको एक महत्वपूर्ण पक्ष बीमा पनि हो । बिशेष बीमाको क्षेत्रमा नै काम नगरेपनि मसँग सम्रग वित्तिय क्षेत्रको मलाई अनुभव रहेको छ । सरकारले वास्तवमा जिम्मेवारी दिदा एउटा जिम्मेवारी र अर्को योग्यता हेर्ने गर्छ । योग्यता र अनुभवको साथ–साथै उसले प्रस्तुती गर्न सक्ने क्षमतालाई पनि हेर्छ । वास्तवमा मसँग छनोट हुनु भएका तिनजना अन्तिम चरणमा प्रवेश गर्नुभएका साथीहरुपनि योग्यता र अनुभव रहेको थियो । तर सरकारले मलाई मेरो जिम्मेवारीको आधारमा सही ढङगबाट अघि बढाउन सक्ने भएकाले यो जिम्मेवारी दिएको हो भन्ने ठानेको छु । केन्दि«य बैंकमा मैले गरेको योगदान र मैल गरेको कामको मूल्याङ्कन गरेर र मेरो योग्यता, अनुभवलाई मुख्य आधार बनाएर छनोट गरेको भन्ने मलाई लाग्छ ।स्वास्थ्य बीमा नविकरण नै नहुने समस्या बिकराल छ । यसलाई कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?
वास्तवमा कुनै पनि कार्यक्रम दिगोपनको हुनको लागि कार्यक्रम विस्तार गरिरहेपछि त्यो कार्यक्रमले निरन्तरता पनि पाउनुपर्छ । छोटो समयमा नै बीमाको बजारमा विस्तार भएको छ । तथ्याङकको आधारमा हेर्ने हो भने पनि उपल्बधीमूलक नै मान्न सकिन्छ । सरकारको बीमीतहरुको लागि सेवा सुविधा दिनुपर्छ भन्ने मान्यता रहेको छ र बीमीतहरुको पनि सेवाप्रदायकबाट पाउनुपर्छ भन्ने अपेक्षा रहेको छ । कहिलेकाही बीमीतहरुको अपेक्षा र सेवाप्रदायक बीच पुरायाएको सेवा केही ग्याप हुने भएको कारण त्यहाँ समस्या देखिएको छ । चाहेको अवस्थामा नवीकरण हुन नसकेको समस्यालाई समाधान गर्दै भावी दिनमा नवीकरणको दरलाई ९५ प्रतिशत पुराई हाल्ने हाम्रो योजना रहेको छ । त्यसको लागि सेवाप्रदायकबाट प्राप्त हुने सेवा र सुविधाको स्तर र उनीहरुले बीमीतहरुलाई गर्ने व्यवहारलाई सुधार गर्ने जस्ता कुराहरु अघि सार्ने योजना पनि रहेका छौ ।
सरकारले चालु आव भित्रमा नै नेपालमा स्वास्थ्य बीमा विस्तार गर्ने लक्ष्य लिएको थियो । यो सम्भव छ त?
सरकारले अपेक्षा राख्नुलाई म स्वभाविक ठान्दिन । सरकारले अपेक्षा राख्छ । छिटोभन्दा छिटो ७७ वटा जिल्लामा नै यो सेवा विस्तार होस् भन्ने सरकारले चाहाना राखेको छ । त्यो सरकारको कार्यनिती बजेटको पनि त्यसको कुरा आउँछ । त्यो योजनामा हाम्रो स्वास्थ्य बीमा बोर्डले पनि केही कार्ययोजनाहरु अघि सारेको छ । तर पनि त्यही हुदाँ–हुदै पनि सेवाको विस्तार गर्दा गर्दै पनि हामीले त्यो सँगै लानुपर्ने धेरै कुराहरु छन् । तालिम, जनचेतनामूलक कार्य, स्थलका कुराहरु, त्यसलाई व्यवस्थापन गर्ने कुराहरु पनि सगँसगै लानुपर्ने कुराहरु पनि रहेको हुन्छ । त्यसैले समयमा नै कामहरु सकिन पाईरहेको हुदैन । कार्यक्रमलाई मात्र अघि सारेर मात्र हुदैन त्यसलाई अघि बढाउने थुपै पक्षहरु रहेको हुन्छ । त्यसलाई पनि साथै लानु निकै जरुरी रहेको हुन्छ । अब हामीले हाल संचालन भईरहेको जिल्लामा सेवाको विस्तार भईरहेको जिल्लाहरुमा आउने विभिन्न समस्याहरुलाई पनि हामीले सम्बोधन गर्र्दैै अघि बढ्नु जरुरी रहेको छ । सेवा मात्र दिनुलाई उपल्बधिमूलक थानिदैन । सेवाको साथ–साथै त्यसलाई कसरी व्यवस्थित गर्ने सकिन्छ भन्ने कुरालाई पनि सगँसगै लैजानुपर्दछ । सेवा मात्र दिनु ठूलो कुरा हैन सेवा दिईसकेपछि उचित रुपमा त्यसको सदुपयोग भएको छ वा छैन त्यसलाई पनि ध्यान दिनु उत्तिकै मात्रामा जरुरी देखिन्छ । त्यसलाई ध्यान दिएर अघि बढ्दा कार्यक्रमलाई दिगोपनको रुपमा अघि बढाउन सकिन्छ भन्ने कुरा यसमा रहेको हुन्छ ।
स्वास्थ्य बीमा ऐन आएको लामो समय भईसक्दा पनि नियमावली आएको छैन । किन रोकियो ?
यो बोर्ड स्थापना हुदाँको अवस्थामा एउटा गठन आदेश भएको थियो । यो गठन आदेश हुदाँ विभिन्न किसीमको संरचना बनाईदिएको छ । संरचना अन्तर्गत रहेर विभिन्न मापदण्डहरु पनि बनाएको थियो । उक्त मापदण्डको आधारमा नै यस संस्थाको संचालन भईरहेको थियो । पछि आएर स्वास्थ्य बीमा ऐन २०७४ आएको थियो । यो ऐन आएपछि यस संस्थाको स्वायत्तताको पूरा परिकल्पना गरियो । त्यो अनुसार स्वास्थ्थ बीमा बोर्डलाई पूर्ण स्वायत्तता दिने खालको कानुनी संरचना निमार्ण गरेको छ । नयाँ किसीमको कानुनी संरचनामा रहेर हामीले नियमावली विनियमावली र त्यसका निर्देशीकाहरु बनाउनुपर्ने अवस्थाहरु रहेको थियो । त्यसमा धेरै जस्तो कामहरु बोर्डले गनुपर्ने र बोर्ड पनि फुल फेजमा थिएन । विज्ञता भएका कर्मचारीहरुलाई तत्काल राख्न नसक्नु जस्ता कारणले गर्दा भनेको अवस्थामा हामीले यसमा केही ढिला भएको हो । ती कुराहरुलाई समाधान गर्दै लगिरहेका छौ । भावी दिनमा यी कुराहरु प्रयाप्त हुने अपेक्षा लिएको छु ।
स्वास्थ्य बीमा सुधार गनुपर्ने कुरा के–के छन् ?
हाम्रो हाल भईरहेको विभिन्न स्वास्थ्य सेवाप्रदायकहरुको संस्थाहरुमा दिएको सेवाकोे गुणस्तरमा हामीले वृद्धि गनुपर्छ । यस्ता सेवाप्रदायकहरुले बीमीतहरुलाई गर्ने व्यवहारमा पनि सुधार गर्नुपर्ने छ । हाम्रो सामुदायिक अस्पतालहरुमा हुने मेडिकल सामाग्रीहरु देखि लिएर हरेक कुरामा मध्यनजर गनुपर्ने जरुरी रहेको छ । जनताको धारणा रहेको र हाम्रो सेवा बीचमा केही ग्याप रहेको छ । त्यसलाई घटाएर लैजानुपर्ने अवस्था रहेको छ । यसका साथै कार्यक्रमको दिगोपन र वित्तिय रुपमा सशक्त रुपमा अघि बढ्नुपर्ने जस्ता कामहरु गर्नु पर्ने देखिन्छ ।
यसका चुनौतीहरु कस्तो रहेको पाउनु भयो ?
सर्वप्रथम त हामीले सेवाको गुणस्तरमा अझै वृद्धि गर्नुपर्नेेदेखिन्छ । कार्यक्रमलाई वित्तिय रुपमा पनि सक्षम बनाउनुपर्ने र यसलाई पूर्णतया अनलाईनको सिस्टममा चै संचालित कार्यक्रम हो । यो प्राय अनलाईन पद्धतीमा आधारीत हुन्छ । कार्यक्रमलाई कसरी दिगो बनाउँन अनलाईन प्रणालीमा लैजाउँनु पर्छ । यसको लागि प्रविधिमैत्री हुनुपर्ने यसमा बेला बखतमा आईपर्ने बाधाहरुलाई पनि मध्यनजर गर्दै हामीले सेवालाई पनि विस्तार गर्नुपर्ने हालको चुनौतीहरुको रुपमा रहेको छ ।
उपचार केन्द«मा डाक्टर नहुने, बीमाले निशूल्क भनिएका औषधी नपाउने समस्याले बीमीत पिडित छन् । यसको लागि के गर्दै हुनुहुन्छ ?
बीमीतहरु मार्फत यस्ता गुनासाहरु हामीले धेरे नै पाएका छौ । केही अधिकारकर्मीहरुबाट पनि यसमा गुनासोहरु प्राप्त गरेका छौ । सेवा प्रदायक संस्थाहरुले फार्मसीहरुमा अपडेट राखी रहनुपर्ने हुन्छ । त्यही आधारमा हामीले सेवाप्रदायक संस्थाहरुमा सम्झौताहरु पनि गरेको छ । सेवाप्रदायक सरकारी संस्थाहरुमा पनि आफना नियमहरु रहेका हुन्छन् । समयमा नै फार्मेसीहरुले पनि औषधीहरु व्यवस्था गर्ने नसक्ने जस्ता समस्याहरु पनि रहेको छ । यसलाई पनि समाधान गर्ने सोचमा रहेका छौ ।
गत आवको बीमा प्रगति कस्तो रह्यो ?
गत आवको ३६ जिल्लामा यसको कार्यक्रम विस्तार भएको छ । २६ डिसेम्बरसम्मको आँकडा अनुसारमा बीमीतको सङख्या १४ लाख २३ हजार ६ सय ७२ मा पुगेको छ । यसबाट प्राप्त प्रिमियम रकम १ अर्ब २२ करोडको हाराहारीमा रहेको छ । विभिन्न सेवाप्रदायकले हामीसँग गरेको दाबी शोधभर्ना १ अर्ब ५० करोडको हाराहारीमा रहेको छ । तथ्याङ्कमा आधारीत रहेर हेर्दा पुरुष भन्दा महिलाहरु ययस कार्यक्रममा आर्कषित भएको देख्न सकिन्छ । महिलाहरुको सङख्या ७ लाख ४७ हजार१ सय ९८ रहेको छ र ६ लाख ७१ हजार २ सय ८१ पुरुषहरुको सङख्या रहेको छ । यसमा जम्मा परीवारको सङख्यामा ३ लाख १ हजार जती रहेको छ । हाम्रो कार्यक्रम सञ्चालित जिल्लाहरुको पहुँच हेर्न हो भने १२ प्रतिशत पुगेको छ । ३६ जिल्लामा हाम्रो कार्यक्रम संचालन रहेको छ । ११ वटा जिल्लाहरु पाईपलाईनमा रहेको छ ।
आगामी आवको लक्ष्य योजना के–के हुन् ?
कुनै पनि कार्यक्रम लागु गर्नु भन्दा पहिला हामीले योजना त बनाउनु नै पर्छ । योजना बिना त कार्य सम्भव पनि रहदैन । सेवाको गुणस्तरलाई बिशेष जोड दिने हाम्रो योजना रहेको छ । जती जिल्लामा आईरहेका समस्याहरु रहेका छन्, त्यहाँ आउने अप्ठ्यारा समस्याहरुलाई नै सम्बोधन गरेर अघि बढ्नु हाम्रो योजना रहेको छ । त्यसलाई सम्बोधन गर्दै नेपाल सरकारको कार्य योजना र हाम्रो बोर्डको निति अनुसार नै हामीले अघि र कार्यक्रमलाई कसरी दिगो रुपमा अघि बढाउन सकिन्छ भन्ने बिषयमा हामी केन्दि«त रहन्छौ । कार्यक्रम मात्र विस्तार गरेर मात्र हुदैन त्यसलाई कसरी दिगोरुपमा अघि बढाउने भन्ने धारणा पनि त्यसमा रहेको हुन्छ । यो धेरै छिटो रुपमा अघि बढी हाल्ने कार्यक्रम चै हैन । यो कार्यक्रमलाई दिर्घकालीन रुपमा अघि बढाउन हामीले उचित व्यवस्थापन गरेर लैजाने तयारीमा रहेका छौ ।