युनियन लाईफ इन्योरेन्सलेले घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचार आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना ल्याएको हो ।
उक्त बीमा योजनामा बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ ।
यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैकास्योरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । कम्पनीले अधिकृत पूँजीको ३० प्रतिशतका दरले ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरिरहेको जनाएको छ ।
कम्पनीले चालु बर्षको मंसिरसम्म प्रथम बीमाशुल्क रकम ७६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।
हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।