सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कैलाली लम्कीका बीमित डिल्लीराज उपाध्याय लाई ३ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । इन्स्योरेन्सले बस दुर्घटनामा परि अपाङ्ग भएका बीमित डिल्लीराज लाई अशक्तता लाभ वापतको चेक प्रदान गरेको हो ।
३ लाख रुपैयाँको बीमा गराएका डिल्ली लाई कम्पनीले मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ । निजले बार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क मिनाहा गरी १५ बर्ष पछि बीमाङ्क वापतको ३ लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ ।
उक्त कार्यक्रममा अवसरमा सन लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना घिमिरे “सुन्तली” लगाएतको उपस्थिति रहेको छ ।
साथै कम्पनीले सोही दिन लम्कीमा हजारौ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।