नेप्से साताको पहिलो दिन १० दशमलव ६२ अङ्कले घटेर १२०४ दशमलव ५४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
होटल, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । होटल क्षेत्रको परिसुचमा १ दशमलव २१ प्रतिशतको वृद्धि आएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै मल्टि प्रपोज फाइनान्सको सेयरमा ९ दशमलव ४३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा कावेलि बिकास बैंकको शेयर ९ दशमलव ४४ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५१ प्रतिशतले बढेको छ भने ५ हजार ८ सय २५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८३ प्रतिशतले घटेर ६ हजार २ सय ५५ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको १३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।