गएको ३ दिनमा १८५ वटा कम्पनिहरुको कूल ६३ लाख ६० हजार २६३ कित्ताको कारोबार हुँदा कूल रु. २ अर्ब १० करोड ३८ लाख २१ हजार ४३४ रकम बराबरको कारोबार भएको छ । नेप्से गएको साताको पहिलो दिन आइतबार ११ सय ६५ दशमलव ९७ को विन्दुबाट ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को विन्दुमा पुग्न सफल भएको थियो । त्यस यता गएको दुवै दिनको कारोबारमा नेप्से परिसुचकमा गिरावट आई मंगलबार ११ सय ८६ दशमलव ०३ को विन्दुमा नेप्से बन्द भएको छ ।
गएको ३ दिनको कारोबारमा एनएमबी बैंकको शेयर किनबेच भएको देखिन्छ । त्यसपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर पनि धेरै किनबेच भएको छ । यस साताको ३ वटा कारोबारमा सबैभन्दा धेरै कारोबार हुने ३० वटा कम्पनीहरुको सूचि निम्नानुसार रहेको छ ।
यसैगरी यो ३ वटा कारोबार दिनमा सबैभन्दा धेरै रकम बराबरको खरिद दलाल नं. ३४ गरेको छ । उसलाई पछ्याउँदै दलाल नं. ४९, ४४, ७ र ३९ ले सूचिमा दोश्रो देखि पाँचौ स्थानमा आफूलाई राख्न सफल भएका देखिन्छ ।
यसैगरी धेरै रकमको विक्री गर्नेतर्फ पनि दलाल नं. ३४ नै अग्रस्थानमा रहेको छ । यसलाई पछ्याउँदै दलाल नं. ३२, ४४, ४९ र ५८ ले पहिलो दोश्रो देखि पाँचौ स्थानमा आफूलाई राख्न सफल भएको देखिन्छ ।
खरिद तथा बिक्री तर्फ सबैभन्दा धेरै रकमको कारोबार गर्ने टप २० दलालहरुको सूचि निम्नानुसार रहेको छ ।
यसैगरी दलालहरु मध्ये पनि प्रथम पाँच दलालहरुले गरेको खरिद तथा विक्रिीको तस्विरलाई तल टेबल तथा ग्राफका माध्यमबाट देखाइएको छ ।
१. खरिद तथा बिक्री तर्फ पहिलो ३४ नं. दलाल:
खरिद तथा बिक्री दुवैमा पहिलो स्थानमा रहन ओगटेको यस ३४ नं. बाट यो ३ दिनमा सबैभन्दा धेरै खरिद तथा बिक्री गरिएको शेयर लाइफ इन्स्योरेन्स कम्पनि रहेको छ । यसलाई पछ्याउँदै खरिद तर्फ एनएमबी बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स दोश्रो देखि पाँच स्थानमा रहेको देखिन्छ भने बिक्रतर्फ दोश्रो देखि पाँचौ स्थानमा क्रमशः नेपाल बैंक, एनएमबी बैंक, प्राइफलाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक रहेको देखिन्छ ।
टप २५ वटा खरिद तथा बिक्री भएको शेयरलाई तालिकामा तथा ग्राफमा निम्नानुसार हेर्न सकिनेछ ।
२. खरिद तर्फ ४९ नंं दलाल र बिक्रि तर्फ ३२ नं. दलाल:
दोश्रो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ४९ रहेको छ भने बिक्री तर्फ दलाल नं. ३२ रहेको छ । दलाल नं. ४९ ले खरिद गरेको प्रमुख शेयरमा प्रथम देखि पाँच स्थानमा क्रमशः नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेकाछन भने बिक्री गर्ने तर्फ दलाल नं. ३२ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः सनराईज बैंक प्रमोटर शेयर, नेपाल बैंक, बैंक अफ काठमाण्डौ, गरिमा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कं. लि. रहेकाछन् ।
दोश्रो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।
३. खरिद तर्फ ४४ नंं दलाल र बिक्रि तर्फ ४४ नं. दलाल:
तेश्रो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ४४ रहेको छ भने बिक्री तर्फ पनि दलाल नं. ४४ नै रहेको छ । दलाल नं. ४४ ले खरिद गरेका प्रमुख पाँच कम्पनिहरुमा प्रथम देखि पाँचौ स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक प्रबद्र्धक शेयर, एनसिसि बैंक, नेपाल बैंक, एनएमबी बैंक र एनएमबी बैंक प्रबद्र्धक शेयर रहेकाछन् । यसैगरी बिक्री तर्फ दलाल नं. ४४ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः प्राइम कमर्सियल बैंकको प्रबद्र्धक शेयर, छिमेक विकास बैंक, नेपाल बैंक, नागरिक लगानी कोष र एनएमबि बैंक रहेकाछन् ।
तेश्रो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।
४. खरिद तर्फ ७ नंं दलाल र बिक्रि तर्फ ४९ नं. दलाल:
चौथो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ७ रहेको छ भने बिक्री तर्फ दलाल नं. ४९ रहेको छ । दलाल नं. ७ ले खरिद गरेका प्रमुख ५ शेयरमा प्रथम देखि पाँच स्थानमा क्रमशः सनराइज बैंक प्रबद्र्धक शेयर, एनसिसि बैंक, नागरिक लगानी कोष, प्रभु बैंक, र नेपाल लाइफ इन्स्योरेन्स रहेकाछन् भने बिक्री गर्ने तर्फ दलाल नं. ४९ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, लाइफ इन्स्योरेन्स, नेपाल बैंक र लुम्बिनी विकास बैंक रहेकाछन् ।
चौथो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।
५. खरिद तर्फ ३९ नंं दलाल र बिक्रि तर्फ ५८ नं. दलाल ः
पाँचौं स्थानमा खरिद गर्नेतर्फ दलाल नं. ३९ रहेको छ भने बिक्री तर्फ दलाल नं. ५८ रहेको छ । दलाल नं. ३९ ले खरिद गरेका प्रमुख ५ कम्पनिमा प्रथम देखि पाँच स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक प्रबद्र्धक शेयर, नेपाल इन्भेष्टमेन्ट बैंक, लुम्बिनि जनरल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रबद्र्धक शेयर र सुर्या लाइफ इन्स्योरेन्स रहेकाछन् भने बिक्री गर्ने तर्फ दलाल नं. ५८ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः एनएमबी बैंक, प्रभु बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइसि एशिया बैंक रहेकाछन् ।
पाँचौ नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।