लगानिकर्ता दबाब समुहले पुँजीबजारको सुधार र बिस्तारको लागि सुरु गरेको आमरण अनसन तोडेको छ ।आमरण अनसनमा बसेका दबाब समुहका संयोजक हरी ढकाल र सदस्य तिलक कोइरालाले अनसनको चौथो दिन पत्रकार सम्मेलन गरी एक अर्कालाई पानी खुवाएर अनसन तोडेका छ ।
१४ बुँदे माग राख्दै नेपाल स्टक एक्स्चेजन(नेप्से)को कार्यलय अगाडी आमरण अनसन बसीरहेका दुई लगानीकर्ताहले लगानीकर्ता एवं पत्रकारहरुलाई साक्षी राखेर अनसन तोडेको हो ।
अनसनमा बसेका लगानिकर्ताहरुले यो अन्त्य नभइ सुरुवात भएको र पुँजीबजार सुधारको लागि सधै लाडिरहने प्रतिबद्धता जनाएका छन ।आगामी दिनमा आवश्यक परेको खण्डमा पून अनसन बस्ने बताएका छन् ।